रविको नाममा २ करोड पैसा माग्ने ढाका प्रकरणले उपनिर्वाचनमा असर गर्ला ? | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

रविको नाममा २ करोड पैसा माग्ने ढाका प्रकरणले उपनिर्वाचनमा असर गर्ला ?

काठमाडौं, ७ वैशाख । रवि लामिछानेले उच्च प्राथमिकतामा राखेर समानुपातिकतर्फ पहिलो नम्बरमा राखेका सांसदका उम्मेदवार थिए ढाकाकुमार श्रेष्ठ । तर, उनै ढाकाकुमारले स्वास्थ्यमन्त्री बन्न रवि लामिछानेको कोर टिमलाई रकम दिनुपर्छ भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको प्रकरण बाहिर आयो ।

ढाकाकुमारमाथि रास्वपाले कारबाही पनि बढायो । तर, कार्यान्वयन भएको छैन । रविको कोर टिमको खूबै खोजी भयो । स्वयं दुर्गा प्रसाईंले ढाकाकुमार दोषी नभई रविको कोर टिम दोषी भएको जिकिर गरे । तर, यी घटनाले उपनिर्वाचनमा कस्तो असर पर्ला ? चासो बनेको छ ।

उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको रास्वपाले बारा २, चितवन २ र तनहुँ १ गरी तीनै क्षेत्रमा उम्मेदवार उठाएको छ । तीनैजना उम्मेदवार चर्चित हुन् । बारा २ मा पूर्वडिआइजी रमेश खरेल, चितवन २ मा रवि लामिछाने र तनहुँ १ मा स्वर्णिम लामिछाने उम्मेदवार छन् ।

देशमा भ्रष्टाचार र सुशासनको आवाज उठाइरहेको रविको दलभित्र भ्रष्टाचार र रकम जोहोको विवादास्पद उपाय खुल्यो । तर, करोडको डिललाई अरबको डिल गर्नेहरुका सामु फिक्का मान्न थालेका छन् जनताले ।

मूलधारका भनिएका पुराना राजनीतिक दलका प्रभावशाली नेताहरुमाथि हरेक नियुक्ति देखि ठूला आयोजनाहरुमा अरबौं रकम भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । ७० करोड कमिशन मागेको प्रकरण खुलेकै हो । यसकारण पनि ढाका प्रकरण उपचुनावमा फिक्का हुँदै गएको त होइन ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);