मिस एसईईको अडिशन वैशाख ८ र ९ मा हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मिस एसईईको अडिशन वैशाख ८ र ९ मा हुने

काठमाडौं, ७ वैशाख । माउण्टेन टेलिभिजनको आयोजनामा हुन लागेको मिस एसईईको अडिशन वैशाख ८ र ९ र १५ र १६ गते दुई चरणमा हुने भएको छ । कुपण्डोलस्थित टेलिभिजनमा दिउँसो १ बजे अडिशन हुन लागेको हो ।

एसईई दिएर बसेका किशोरीहरुको आत्मविश्वास बढाउने उद्देश्यका साथ ‘मिस एसईई ट्यालेन्ट नेपाल २०८०’ माउण्टेन टेलिभिजनले आयोजना गर्न लागेको हो । अडिशनमा सहभागी हुन चाहने एसईई दिएर बसेका किशोरीहरुका लागि खुल्ला गरिएको छ । प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरु सिधै कुपण्डोलस्थित टेलिभिजनमा सम्पर्क गर्न सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुने किशोरीहरुलाई व्यक्तित्व विकास, आत्मविश्वास निर्माण, स्टेज शिष्टाचार, टिमवर्क,नेतृत्व, ¥याप वाक, नृत्य, गायन, सार्वजनिक भाषण, अनाथालय केन्द्रको फिल्ड भ्रमण, तालिका शिष्टाचार र शिष्टाचार, फोटो शुट, सामुदायिक यात्राहरु, आत्मरक्षा कक्षा, फाइनलको लागि सुन्दर पोशाक, निःशुल्क स्वास्थ्य जाँच, कोभिड–१९ बारे सचेतना अभियानबारे तालिम दिने अमिर कला केन्द्रले जनाएको छ ।

विजेताले सुन्दर कपडा, उपहार, मुकुुट र पुरस्कार, मोडेलिङ गर्ने अवसरहरु,म्युजिक भिडियो, फोटोसुट, सांस्कृतिक शुटहरु, मिडिया कभरेज, अन्तर्वार्ता र धेरै अवसरहरु पाउनेछन् । त्यस्तै, प्रतियोगितामा सहभागी हुन किशोरीहरुले पुरा नाम, सम्पर्क नम्बर र उमेर राम्रोसँग खुलाएर ५ सय रुपैयाँ शुल्क आवेदन भर्न सक्नेछन् । मोबाइल नम्बरहरु ९८५१०४३९७० र ९८०१०४३९७० मा सम्पर्क गर्न सकिनेछ । नेपाली सभ्यता र संस्कृति जोड्दै ब्युटी विथ ब्रेन मिस एसईई छनोट गरिनेछ ।

Form Link:

https://missseetalentnepal.mypay.com.np/?fbclid=IwAR1Nlbjna8JBJaBzGcdwmDa6crpjjuxT7URrJfeIQfpHEjRE_UaJ7YX6GFU

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);