काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखाका विभिन्न कार्यक्रम सकाएर तनहुँ जाने भएका छन् । दाहाल बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । ।
गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखाबाट निर्वाचित प्रचण्डको गोरखामा विभिन्न कार्यक्रम सकाएर तनहुँ जाने कार्यक्रम रहेको छ । उनी आजै तनहुँमा उपनिर्वाचनका कार्यक्रममा सहभागी हुनेछन् ।
आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनबाट नेपाली काग्रेसका नेता गोबिन्द भट्टराई तनहुँ–१ मा उम्मेदवार छन् । नेकपा एमालेको तर्फबाट सर्वेन्द्र खनाल उम्मेदवार छन् ।




