नेपाल आँखा अस्पतालले समयानुकुल सेवा प्रवाह गर्नुपर्छः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाल आँखा अस्पतालले समयानुकुल सेवा प्रवाह गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आँखा अस्पतालले समयानुकुल र थपप्रभावकारी सेवा दिनुपर्ने बताउनुभएको छ ।

नेपाल आँखा अस्पतालले समयानुकुल सेवा प्रवाह गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आँखा अस्पतालले समयानुकुल र थपप्रभावकारी सेवा दिनुपर्ने बताउनुभएको छ ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको ४३ औ बार्षिकोत्सवको अवसरमा शनिबार आयोजीत कार्यक्रममा प्रधानमन्त्री दाहालले अस्पतालले आँखा उपचारलाई थप प्रभावकारी बनाउदै लैजानुपर्ने बताउनुभयो । उहाँले अस्पतालले दुर्गमा गएर आफनो सेवा बिस्तारको प्रति प्रसंसा व्यक्त समेत गर्नुभयो ।

उहाँले सरकारले अस्पताललाई थप प्रभाकारी बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।

बार्षिकोत्वको अवसरमा अस्पतालले मोती बिन्दुको अपरेसन गरेका ४३ जना बिरामीलाई निशुुल्क उपचार गरेको थियो ।

प्रधानमन्त्री दाहालले बिरामीको आँखाको पट्टी खोली दिनुभएको थियो । कार्यक्रममा अस्पतालका कर्मचारीलाइ सम्मान गरिएको थियो भने अस्पतालको स्मारिका बिमोचन गरिएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);