लालपुर्जा फुकुवा भएसँगै सुनवलका स्थानियहरुमा खुशी छायो | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

लालपुर्जा फुकुवा भएसँगै सुनवलका स्थानियहरुमा खुशी छायो

jagga

काठमाडौं, ४ वैशाख । लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानियहरु खुशी भएका छन् । वि.स. २०६७ मा जग्गा पुर्जा प्राप्त गरेपनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो । रोक्का भएको लालपुर्जा फुकुवा भएपछि स्थानियहरु हर्षित भएका हुन् ।

१२ वर्षपछि जग्गा फुकुवा हुदाँ आफूहरु हर्षित भएको भन्दै राष्ट्रिय भूमि अयोग जिल्ला समितिले राम्रो काम गरेको स्थानियहरुले बताए । विभिन्न समयमा राजनैतिक दलका नेताले आआफ्नो एजेण्डा बनाउनकै लागि विभिन्न कालखण्डका आयोगहरुलाई दोष दिएको स्थानियको बुझाई छ ।

राष्ट्रिय भूूमि अयोग जिल्ला समितिका अध्यक्ष देवराज भण्डारीले आफूहरु आयोगमा आएको दुई महिनाभित्रै काम टुङिग्याएको बताउनु भयो । पटकपटक जग्गा फुकुवा भयो भनेर झुक्एिका स्थानियहरु शुरुमा जग्गा फुकुवा भयो भन्दा नपत्याएको बताउनु भयो । उहाँले पछि मालपोतबाट जग्गाको काम भएपछिमात्र स्थानियहरुले विश्वास गरेको भण्डारीको भनाई छ ।

पश्चिम नवलपरासीमा पटकपटक बनेका भूमि सम्वन्धि आयोगले विगतमा जग्गा नापजाँच लगायतका कार्यहरु गरेपनि पूर्णता भने दिन सकेका थिएनन् । पछिल्लो पटक वनेको राष्ट्रिय भूमि आयोगले भने सुनवलसहित जिल्लाभर करिव ११ सय लालपुर्जा फुकुवा गरेको छ । त्यस्तै नयाँ जग्गा नापजाँच र यही वैशाख पहिलो हप्तादेखि राजश्व संकलन गर्ने र पुर्जा वितरण गर्ने राष्ट्रिय भूमि अयोग जिल्ला समितिले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);