काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ का उम्मेदवार रवि लामिछानेका सवारी चालक तीन तलामाथिबाट खसेर गम्भिर घाइते भएका छन् ।
भरतपुर ११ मा रहेको एउटा घरको तेस्रो तलाको छतबाट बिहान ४ बजे खसेर चालक दिलबहादुर थापा गम्भीर घाइते भएका हुन् ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । थापाको टाउको र खट्टुामा गम्भीर चोट लागेको छ ।
उनी महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै छतमा सुतेका थिए ।
लामिछाने आगामी वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनको प्रचार प्रसारमा व्यस्त छन् ।
तस्बिर : युवराज सफल