लघुवित्त पीडित आन्दोलनमा उत्रन किन बाध्य हुँदैछन् ? | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

लघुवित्त पीडित आन्दोलनमा उत्रन किन बाध्य हुँदैछन् ?

काठमाडौं, ४ वैशाख । आइतबार लघुवित्त संस्थाबिरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भयो । इनरुवामा लघुवित्त संस्थाको बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीचको झडप करिब ३ घण्टासम्म जारी रह्यो ।

लघुवित्त पीडितहरुले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप हुन पुगेको हो । प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाएपनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरुलाई लट्ठी चार्ज गरेर लखेटेर सडक खुलाएको थियो । सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथिढुङ्गामुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका
छन् ।

आन्दोलनका कारण पूर्व—पश्चिम राजमार्ग अन्तर्गत इनरुवा बसचोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेको छैन । आन्दोलनकारी विहानैबाट सडकमै सुतेका थिए । आन्दोलनमा सहभागी अधिकांश महिला भएकाले समेत प्रहरी लामो समय संयमता अपनाएको थियो । आफूहरुको आन्दोलनमा प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);