काठमाडौं ।नागरिकता प्रकरणमा दोषी ठहर भएपछि सांसद पद गुमाएका रवि लामिछाने यतिबेला उपनिर्वाचनमा होमिएका छन् ।
देशकै पपुलर भोट ल्याएका रविमाथि राजनीतिमा आएपछि पटकपटक प्रहार भइरहेका छन् । तर, त्यस्ता मुद्दाबाट जनतासामु रविको क्रेज घटेको पाइदैन् । चितवनका चुनावी सभामा जब रवि बोल्न थाल्छन् भिड लागिहाल्छ ।
यसैक्रममा आज रविको चुनावी सभालाई पछ्याउँदा एउटा रोचक दृश्य देखियो । चुनावी अभियानमा घरदैलो हिडेका रविले एउटा बोर्ड देखे, जहाँ लेखिएको थियो– १२ भाई चोक ।
रविले १२ भाई चोक देखेपछि आश्चर्य मान्दै स्थानीयलाई सोधका थिए– यो कहिले लेख्नुभएको हो ? तर, त्यहाँका स्थानीयले यो पहिले नै लेखेको जवाफ दिएपछि उनी हासेका थिए । सांसद पद गुमेपछि रविले पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा १२ भाई पत्रकार भन्दै बिभिन्न सञ्चारमाध्यम माथि आक्रोश पोखेका थिए ।
नागरिकता प्रकरणमा मुछिएपछि सांसद पद गुमाएका रवि लामिछाने यतिबेला उपनिर्वाचनमा होमिएका छन् ।