सिंहदरबारभित्रको फोहोर नउठाएर काठमाडौं महानगरले जनस्वास्थ्य माथि खेलवाड गर्‍योः सञ्चारमन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

सिंहदरबारभित्रको फोहोर नउठाएर काठमाडौं महानगरले जनस्वास्थ्य माथि खेलवाड गर्‍योः सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताउनुभएको छ ।

बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फाहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताउनुभएको हो । उहाँले गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको बताउनु भयो । उहाँले कुनै अर्को उद्देश्य पुर्तिका लागि फोहोर नउठाएर हड्तालको विषय बनाइएको बताउनु भयो ।

मन्त्री शर्माले महानगरपालिकाको मेयरले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नपाइने बताउनु भयो । उहाँले संघीय सरकारले सहजीकरण गरेर टुंग्याउनुपर्ने विषयमा छलफल गर्नुपर्ने बताउनु भयो । काठमाडौं महानगरपालिकाका मेयरले संविधान, कानून र स्थानीय सरकार सञ्चालन एने बुझेर काम गर्नुपर्ने बताउनु भयो ।

मन्त्री शर्माले सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या नभएको बताउनु भयो । उहाँले सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बीचमा सरकार सञ्चालनको सम्बन्धमा आवश्यक संवाद र छलफल भइरहेको बताउनु भयो । उहाँले सरकारले सेवा प्रवाहका काम, नीतिगत, कानूनी कामहरु र बजेट निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सत्तारुढ गठन्धनका दलहरु सहितका अन्य दलहरुसँग समेत देशको अर्थतन्त्र सुधार लगायतका विषयहरुमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको बताउनु भयो ।

सञ्चारमन्त्री शर्माले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद्(गठन) आदेश, २०७५ को अनुसूचि संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै २०८० वैशाख १३ गतेदेखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपिकृष्ण खनाललाई सहभागि हुन स्वीकृत गरेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले आगामी जेठ ९ गतेदेखि १२ गतेसम्म मंगोलियामा आयोजना हुने एशियाली उत्पादकत्व संगठनको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव(उद्योग)लाई स्वीकृत दिने निर्णय गरेको छ । बैठकले व्यापार घाटा न्युनिकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकति दिने, खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने र प्रशोधित फोहोर पानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्ने लगायतका विभिन्न निर्णयहरु गरिएको मन्त्री शर्माले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);