महासंघको वरिष्ठ उपाध्यक्षको लागि २ बजेदेखि पुनः निर्वाचन हुने | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

महासंघको वरिष्ठ उपाध्यक्षको लागि २ बजेदेखि पुनः निर्वाचन हुने

काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि पुनः निर्वाचन हुने भएको छ । बुधवार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेद्वारहरुले ५० प्रतिशत मत ल्याउन नसकेकाले पुनः निर्वाचन हुन लागेको हो ।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुनः प्रतिष्पर्धा हुने भएको छ । रामचन्द्र संघई भने चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन् पहिलो चरणको मतदानमा अञ्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ मत ल्याएको मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले बताउनु भयो । उहाँले महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएपनि चुनावी प्रतिष्र्पधामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नपुग्ने भएकाले पुनः दुई जना उम्मेद्वारीबीच निर्वाचन हुने बताउनु भयो । उहाँले महासंघको विधान अनुसार कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिष्पर्धा हुने बताउनु भयो ।

उहाँले वरिष्ठ उपाध्यक्षको लागि दोस्रो चरणको मतदान २ बजेदेखि ५ बजे सम्मका लागि तोकिएको बताउनु भयो । निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रिय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक जना निर्वाचित भएका छन् । जिल्ला नगर र एसोसिएटमा संघाई समूहबाट उपाध्यक्ष निर्वाचित भएका छन् । जिल्ला नगरमा सुरकृष्ण वैद्य र एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना सुब्बा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

 

Leave a Reply

ताजा समाचार