काठमाडौं, ३० चैत्र । मन्त्रीको नाम टुंगो लगाउन नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समुहको बैठक जारी छ ।
आफ्नो समुहले पाउने भागको मन्त्री टुंगो लगाउन कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक बसिरहेको छ ।
आज बिहानदेखि जारी बैठकले आफ्ना समुहका ३ जनाको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ ।