काठमाडौं, २९ चैत्र । बैतडीमा जिप दुर्घटना भएको छ । पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार दुर्घटनामा परि बझाङको केदारस्यु गाउँपालिका–५ का मने बोहारा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको हो । उनीहरु सबै एक गाउँका हुन् ।
जिपमा १२ जना सवार थिए भने ५ जनाले हाम फालेर ज्यान जोगाएका थिए । जिप दुर्घटनाबारे कारण भने खुलेको छैन् ।
खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति साढे ११ बजे पाटन नगरपालिका ८ झाउलेकमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।




