ढाकाकुमारले बयानमा के भने ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

ढाकाकुमारले बयानमा के भने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएको विषयमा सांसद् ढाकाकुमार श्रेष्ठसँग मंगलबार बयान लिएको छ ।

पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठसँग बयान लिएको हो । समितिका एक सदस्यका अनुसार बयानमा श्रेष्ठले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गर्नुभएको थियो । आफुलाई नियतवश फसाउन खोजिएको भन्दै उहाँले अडियो पूरै एडिटेड भएको वयान दिनुभएको छ । समिति स्रोतका अनुसार सोमबार राति बुझाएको स्पष्टीकरणमा पनि श्रेष्ठले यिनै विषयहरु बुझाउनुभएको थियो ।

अडियो सार्वजनिक भएलगत्तै पार्टीले उहाँलाई निलम्बन गर्दै २४ घन्टे स्पष्टीकरण सोधेको थियो । स्वास्थ्यमन्त्री बन्न पार्टीमा बुझाउनुपर्ने भन्दै श्रेष्ठले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । मन्त्री बनेपछि सहयोग गर्ने भन्दै रकम मागेको प्रसाईंको दाबी छ । अडियोमा पार्टी सभापति रवि लामिछानेको ‘कोर टिम’लाई बुझाउनुपर्ने भन्दै रकम मागिएको थियो । यता पार्टी सभापति रवि लामिछानेले बाराको गढिमाईमा आयोजित सभालाई सम्बोधन गर्दै दोषी देखिए ७२ घन्टाभित्र श्रेष्ठलाई बर्खास्त गरेर उनको ठाउँमा अर्का सांसद्लाई संसद् प्रवेश गराउने बताउनु भएको थियो ।

सभापति लामिछानेले सांसद श्रेष्ठले व्यवसायी प्रसाईंसँग घुस मागेको बारेमा बुधबार निर्णय लिने बताउनु भएको छ । केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्ने सभापति लामिछानेको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);