काठमाडौं, २८ चैत्र । सभामुखसहित शीर्ष तीन दलका नेताहरुबीच छलफल सुरु भएको छ ।
सभामुख निवास बालुवाटारमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।
साथै एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादीका सचेतक हितराज पाण्डे, कांग्रेसका ईश्वरी न्यौपानेको पनि सहभागिता छ ।
नेताहरुबीच संसदीय कारबाही, टिआरसी विधेयक लगायतका विषयमा छलफल भइरहेको छ ।