काठमाडौं, २८ चैत्र । तातोपानी नाका आजदेखि बन्द हुने भएको छ । पुर्णरुपमा सञ्चालनको तयारी गर्न तातोपानी नाका एक साताका लागि बन्द गरिएको चिनियाँ दुतावासले जनाएको छ ।
उक्त नाका चैत्र २८ गतेदेखि बैशाख २ गतेसम्म बन्द हुने छ । सो नाका हुँदै चीन र नेपालबीच दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरी सुचारु गर्ने तयारी भइरहेको दुतावासले जनाएको छ ।
यसैगरी, जाङबु र तातोपानी बन्दरगाह पनि आजैदेखि बैशाख २ गतेसम्म अस्थायी रुपमा बन्द रहने छ ।