अब ४ आनाभन्दा कमको पनि कित्ताकाट खुलाउने प्रचण्डको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

अब ४ आनाभन्दा कमको पनि कित्ताकाट खुलाउने प्रचण्डको घोषणा

काठमाडौं, २७ चैत्र । घरजग्गा कारोबारमा मन्दी आउँदा अर्थतन्त्रमा नकारात्मक असर परेको छ । यसलाई दृष्टिगत गरी सरकारले कित्ताकाटलाई पुरानै अवस्थामा फर्काउन लागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार नेपाल चेम्बर अफ कमर्शको वार्षिकोत्वसमा घरजग्गा कारोबारलाई पुरानै अवस्थामा फर्काउने गरी नीति ल्याउन लागेको खुलाएका छन् । उनले पुरानै अवस्थामा कित्ताकाट खुलाउने खुलाए ।

पछिल्लो समय सरकारले काठमाडौं उपत्यकासहित मुख्य शहरहरुमा ४ आना भन्दा कम कित्ताकाट रोकेको थियो । यसले घरजग्गा कारोबारमा मन्दी आयो ।

प्रचण्डले कित्ताकाट ४ आनाभन्दा कम पनि गर्न मिल्ने गरी पुरानै व्यवस्थामा फर्काउने खुलाए । उनले बैंकको ब्याजदर पनि घटाउने उपाय ल्याउने बताए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);