बिजुलीको उज्यालो दिन खोज्दा अन्धकारमा होमिएका म्याग्दीका खिमबहादुर | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

बिजुलीको उज्यालो दिन खोज्दा अन्धकारमा होमिएका म्याग्दीका खिमबहादुर

काठमाडौं, २७ चैत्र । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरका खिमबहादुर पुनले दुवै हात गुमाउन पुुगेका छन् । उनले आफ्नो गाउँका घरहरुमा उज्यालो भर्ने काम गर्थे तर अहिले उनकै जिन्दगी आँधारोतर्फ धकेलिएको छ । पोखरामा रहेको ब्लु हेवन सेक्युरीटी एण्ड वर्कर सर्भिसेजबाट करीब २ बर्षसम्म खिमले जिल्लाको मंगला, मालिका र धवलागिरी गाउँपालिका भित्र विद्युतको काम गरे । यस बापत उनले मासिक १२ हजार ५ सय पाउँथे । रोजगारी भन्दा पनि आफ्नै गाउँका घरहरु उज्यालो बनोस् भन्ने चाहना थियो तर २०७७ बैशाख १२ गते कामकै शिलशिलामा लागेको करेन्टले यो अवस्था बन्यो । हात नै नभए पछि अहिले खाना खान देखि, दिशा पिसाब गर्न समेत समस्या भएको उनले दुखेसो पोखे ।

उनलाई घाइते भएपछि जीवनसंगिनीले पनि छोडिन, घरमा दाजु भाउजुको बोझ बन्न उनलाई मन छैन । जागिर गयो, विमावापत ७ लाख पाए पनि उपचारमै सकियो । विद्युत प्राधिकरणले सहयोग गर्ला कि भन्ने उनको आशा, आशामै सिमित छ ।

यता विद्युत प्राधिकरण भने आफुहरु ठेकेदारमार्फत अस्थायी कर्मचारी राख्ने गरेकाले यसको बिषयमा ठेकेदार कम्पनी नै जिम्मेवार हुने बताउँछ । कम तलवमा ज्यानकै बाजि राखेर विद्युतको क्षेत्रमा काम गरिरहेका तल्लो तहका प्राविधिकको सुरक्षा संवेदनशीलतामा विद्युत प्राधिकरण र ठेकेदार कम्पनीहरु दुवै गम्भिर बनेको देखिदैंन । प्राधिकरणसंग खिमबहादुर जस्तै अन्य ठाउँमा काम गर्दा गर्दै कति अंगभङ्ग हुन पुगे र कतिले ज्यानै गुमाए भन्ने तथ्यांक समेत छैन । विद्युतको प्राविधिक कर्मचारीहरुका समस्यामा प्राधीकरण र ठेकेदार दुवैले एकले अर्काेलाई देखाउँदै तर्किने रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);