रेडियो तथा टेलिभिजनका लागि बेग्लै विभाग बनाइनुपर्छः सञ्चारमन्त्री कार्की | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

रेडियो तथा टेलिभिजनका लागि बेग्लै विभाग बनाइनुपर्छः सञ्चारमन्त्री कार्की

२४ चैत, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले रेडियो तथा टेलिभिजनका लागि बेग्लै विभाग बनाउनुपर्ने बताउनुभएको छ ।

राजधानीमा बिहीबार टेलिभिजन प्रविधि पत्रकार मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री कार्कीले रेडियो तथा टेलिभिजनका नियमनकालागि बेग्लै निकाय हुनुपर्ने बताउनुभयो ।

उहाँले टेलिभिजनको आधुनिकरण डिजिटल टेलिभिजन भएको र ५० भन्दा बढी मुलुकमा टेलिभिजन डिजिटल प्रविधिमा रुपान्तर भइसकेको बताउँदै २०७५ बैशाख १५ गतेबाट महानगर, उपमहानगर र आगामी कातिकदेखि सबै ठाउँमा एनालकबाट  डिजिटल प्रविधिमा रुपान्तर हुने बताउनुभयो ।

नेपाल सञ्चार प्रविधिबाट पछाडी हट्न नसक्ने बताउँदै टेलिभिजन एनालकबाट डिजिटलमा रुपान्तरण हुँदा ग्राहकलाई फाईदा हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);