२४ चैत, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले रेडियो तथा टेलिभिजनका लागि बेग्लै विभाग बनाउनुपर्ने बताउनुभएको छ ।
राजधानीमा बिहीबार टेलिभिजन प्रविधि पत्रकार मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री कार्कीले रेडियो तथा टेलिभिजनका नियमनकालागि बेग्लै निकाय हुनुपर्ने बताउनुभयो ।
उहाँले टेलिभिजनको आधुनिकरण डिजिटल टेलिभिजन भएको र ५० भन्दा बढी मुलुकमा टेलिभिजन डिजिटल प्रविधिमा रुपान्तर भइसकेको बताउँदै २०७५ बैशाख १५ गतेबाट महानगर, उपमहानगर र आगामी कातिकदेखि सबै ठाउँमा एनालकबाट डिजिटल प्रविधिमा रुपान्तर हुने बताउनुभयो ।
नेपाल सञ्चार प्रविधिबाट पछाडी हट्न नसक्ने बताउँदै टेलिभिजन एनालकबाट डिजिटलमा रुपान्तरण हुँदा ग्राहकलाई फाईदा हुने बताउनु भयो ।