काठमाडौं,२६चैत्र । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ ।
सांसद श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईंबीच स्वास्थ मन्त्री बन्न पार्टी सभापतिसग दुई करोड पचास लाख डिल भएको क्लीप बाहिरिएपछि उनलाई निलम्बन गरिएको स्रोतले जनाएको छ ।
रास्वपाले श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको हो ।