काठमाडौं, २६ चैत्र । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धि मुद्दाको सुनुवाई आज हुँदैछ ।
सन्दीपको मुद्दा तेस्रो प्राथमिकतामा राखिएकोले आजै सुनुवाइ हुने सम्भावना देखिएको छ ।
जिल्ला अदालत काठमाडौंले आजका लागि मुद्दाको पेसी तोकेको हो । सन्दीपविरुद्ध गत भदौमा एक नाबालिगले पटक–पटक होटलमा लगी बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।