फास्ट ट्रयाकबाट संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंगो लाग्दैनः ओली | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

फास्ट ट्रयाकबाट संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंगो लाग्दैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमण कालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने स्पष्ट पार्नुभएको छ ।

शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले छलफलमा संसदलाई गतिशिल बनाउने कुरामा छलफल भएको बताउनु भयो । उहाँले अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सदनका काम कारबाहीहरुको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशिल ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ । समितिमा कुनै न कुनै हिसावले जानैपर्छ । दुई तीन दिनभित्र अर्को बैठक बस्छ ।’

अध्यक्ष ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसावले समितिमा लैजानैपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);