तीन शिर्ष नेता र सभामुखबीच के भयो कुराकानी | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

तीन शिर्ष नेता र सभामुखबीच के भयो कुराकानी

काठमाडौं । सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गर्नुभएको छ । शनिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच छलफल भएको हो ।

छलफलमा सभामुखसहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार संसद्लाई प्रभावकारी बनाउनका लागि छलफलको आयोजना गरिएको हो । महत्वपूर्ण विधेयक अघि बढाउने तयारीसँगै सभामुख र सरकारलाई संसदीय गतिविधि निर्वाध ढंगले चलाउनु पर्ने दबाव सिर्जना भएको छ ।

विशेषगरी संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई यतिबेला सरकारले महत्व दिएको छ । उता प्रमुख प्रतिपक्ष एमाले भने फास्ट ट्रयाकबाट विधेयक बढाउन खोजेको भन्दै सशक्त विरोध गर्ने जनाइसकेको छ । सत्तारुढ दलहरु पनि सभामुखसँग सशंकित देखिन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);