बालेनको स्ट्याटसमा पोखरेलको टिप्पणी– यस्ता अभिव्यक्तिले समाजलाई अराजकतातिर लैजान्छ | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

बालेनको स्ट्याटसमा पोखरेलको टिप्पणी– यस्ता अभिव्यक्तिले समाजलाई अराजकतातिर लैजान्छ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको टिप्पणीले समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्ने बताउनु भएको छ ।

मेयर शाहले शनिबार सामाजिक सञ्जाल मार्फत भारत र चीनले बनाइदिएको सरकारको आफुले कुनै इज्जत नगर्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँले नेपालले आफ्नो अस्तीत्व कहिले बनाउने ? लाज लाग्दैन् ? भन्दै नेताहरुमाथि कडा प्रश्न तेर्याउनु भएको छ । साथै, मेयर शाहले आज बाट सिंहदरबारको फोहोर नउठ्ने समेत चेतावनी दिनुभएको छ । ‘साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ,’ उहाँले लेख्नुभएको छ ।

मेयर शाहको सोहि अभिव्यक्तिमाथि टिप्पणी गर्दै पोखरेलले जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्न पर्ने बताउनु भएको हो । बालेनको स्ट्याटसले सामाजिक सञ्जालमा तरंग ल्याएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);