बालेनको स्टाटस- अवैध संरचनामा डोजर लगाएर मैले के बिराएँ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बालेनको स्टाटस- अवैध संरचनामा डोजर लगाएर मैले के बिराएँ ?

काठमाडौं। काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ।आज बिहानै मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा अनुमतिबेगर बनाइएको संरचना हटाउन पुगेका थिए । अल्फाबिटाले नक्सामा पार्किङ भनेर उल्लेख गरेको बेसमेन्टमा अनाधिकृत संरचना बनाएर फार्मेसी सञ्चालन गरिरहेको थियो ।  डोजर चलाउन निर्देशन दिएपछि बालेनले फेसबुकमा अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको बताएका छन् ।

‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ? नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला,’ उनले भनेका छन् ।

अब उप्रान्त यस्तो गर्नु नपर्नेगरी सबैले आफैँ बुझेर अवैधरूपमा बनाइएका संरचना हटाइदिन बालेनले आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);