काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभाको बैठककमा विशेष समयमा बोल्दै सांसद पौडेलले संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताउनुभएको हो । उहाँले उहाँले संक्रमणकालिन न्यायको विषय अहिले सबैभन्दा पेचिलो बनेको उल्लेख गर्दै जनताको आन्दोलनबाट स्थापित मूल्य र मान्यताहरुलाई संस्थागत रुपमा टुंग्याउनु सबैको कर्तव्य भएको बताउनु भयो ।
उहाँले संक्रमणकालिन न्यायको सम्बन्धमा विमति जनाउने सांसदहरुलाई आफू बसेको कुर्सिमा लोकतान्त्रिक प्रणाली ल्याउन लडेका योद्धाहरुको रगतको टाटो छ कि भनेर हेर्न अनुरोध समेत गर्नुभयो ।
सांसद पौडेलले इतिहासप्रति सम्मान गर्न सिक्नुपर्ने बताउनु भयो ।