सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि होः सांसद गैरै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि होः सांसद गैरै

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारको न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि मात्रै हुने बताउनुभएको छ ।

बिहीवार संसद भवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार साझा न्युनतम कार्यक्रम बनाउने कुरामा मात्रै सिमति हुँदा कार्यान्वयनको पक्ष फितलो भएको बताउनु भयो । उहाँले सरकारको न्युनतम साझा कार्यक्रम मुख्य कार्यान्वयको विषय बन्न नसकेको बताउनु भयो ।

सांसद गैरेले सरकार सत्ता स्वार्थमा र भागबण्डामा केन्द्रित भएको आरोप लगाउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रम जनताको आँखामा छारो हाल्नका लागि ल्याइने विषय रहेको उल्लेख गर्नुभयो ।

सांसद गैरेले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उपरका विषयहरुमा बजेट कटौति गर्ने खबर पाएको भन्दै आर्थिक शंकटको बहानामा विकास निर्माणमा कुनै काम गर्न सकिँदैन भन्नु गलत भएको बताउनु भयो । उहाँले सरकारले वर्तमान आर्थिक शंकटका बारेमा चासो नदिएको आरोप लगाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);