ज्ञानेन्द्र शाहसँग ओलीको कनेक्शन बारे दुर्गा प्रसाईंले खोले रहस्य | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

ज्ञानेन्द्र शाहसँग ओलीको कनेक्शन बारे दुर्गा प्रसाईंले खोले रहस्य

काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य हुन् दुर्गा प्रसाईं । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबुवा भन्छन् । तर, बुधवार झापामा उनले सनसनीपूर्ण खुलासा गरे ।

ओलीको सल्लाहमै आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक मञ्चमा उतारेको दुर्गा प्रसाईंले खुलासा गरेका हुन् । उनले आफूसँगको भेटमा ओलीले हिन्दु राष्ट्र स्थापनाको पक्षमा रहेको बताउने गरेको समेत दाबी गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई फागुनमा झापाको मेची पुल नजिक सार्वजनिक मञ्चमा प्रसाईंले नै उतारेका थिए । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक रहेका प्रसाईंले बुधबार झापामा आयोजित एक सार्वजनिक कार्यक्रममा आफू एमालेमा छँदा ओलीले व्यक्तिगत भेटघाटमा हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा रहेको बताउने गरेको खुलाए । ओली संघीयता खारेज गर्ने पक्षमा रहेको समेत प्रसाईंको दाबी थियो ।

प्रसाईंले आफूले नै ओलीसँग पूर्व युवराज पारस शाहको मोबाइल कुराकानी गराएको खुलाए । पूर्वराजा सहभागी कार्यक्रममा सहभागी हुने वचन ओलीले दिएको तर नआएको खुलासा गरे ।

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले एमाले छाडिसकेका छन् । उनी खुलेरै हिन्दु राष्ट्रको पक्षमा उभिएका छन् । प्रसाईंले आफ्नो अभियानलाई देशव्यापी बनाउँदै लगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);