राजावादीबीच पूर्वराजालाई पक्षमा पार्ने प्रतिष्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राजावादीबीच पूर्वराजालाई पक्षमा पार्ने प्रतिष्पर्धा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला झापामा छन् । केहि समय अघि एक हप्ताको भारत बसाईपछि उनी पुनः झापा फर्किएका हुन् । उनले त्यहाँबाट केही महत्वपूर्ण कदम चाले । महत्वपूर्ण सन्देशहरु पनि प्रवाह गरे ।

यो घटनापछि पूर्वराजालाई आफ्नो साथमा देखाउने प्रतिष्पर्धामा राजावादी दल देखि समूह सक्रिय भएका छन् । उनीहरु राजसंस्थाको पुनःस्थापनालाई मूल एजेण्डा बनाएपनि विभाजित भई फरक गतिविधिहरु चलाइरहेका छन् ।

पूर्वराजालाई नेपालको पूर्वोत्तर जिल्ला झापा पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले बुधवार भेटे । भेटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धबल शमशेर राणा र वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए ।

भेटमा सहभागी राप्रपा महामन्त्री धबल शमशेर राणाले पूर्वराजाबाट आफूहरुलाई देश जोगाउनका लागि अगाडि बढ्न भनिएको बताए । उनले बुधबारको भेटमा पूर्वराजाले आफु साथमा रहेको भन्दै अगाडि बढ्न निर्देशन दिएको बताए ।

आफूहरुले पूर्वराजालाई सक्रियता बढाउन सुझाव दिएको राणाले बताए । आफूहरुले हिन्दूराष्ट्रको विषयलाई पनि जोडतोडले उठाइरहेको भन्दै निरन्तर सक्रिय भइरहेको जानकारी गराएको बताए ।

व्यवसायी समेत रहेका दुर्गा प्रसाईंले अभियान नै चलाएर पूर्वराजा शाहलाई सार्वजनिक मञ्चमा ल्याइसकेका छन् । प्रसाईंको साथमा रहेका पूर्वमन्त्री केशरबहादुर बिष्ट पनि राजसंस्थासहितको हिन्दूराष्ट्रको अभियानमा छन् । यसरी राजसंस्थाका पक्षधरहरुबीच पूर्वराजालाई आफ्नो पक्षमा ल्याएर अभियान चलाउने प्रतिष्पर्धा चलेको छ ।

राप्रपा महामन्त्री राणाले पूर्वराजा शाहलाई जो पायो त्यहीसँग नभेट्न समेत अनुरोध गरिएको बताए । उनको संकेत दुर्गा प्रसाईंको अभियानमा पूर्वराजा जोडिएकोतर्फ थियो ।

देशमा राजसंस्थाको अन्त भई २०६५ मा गणतन्त्र स्थापना भएपनि राजसंस्था पुनः स्थापनाका पक्षधर सक्रिय छन् । राजसंस्थाको पक्षधर राप्रपाले मंसिर ४ को मा भएको चुनावमा प्रतिनिधि सभामा १३ सिट सांसद सदस्य जितेर आफूलाई पाचौं शक्तिका रुपमा उभ्याएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);