संसद कुरा गर्ने थलो होइन, काम गर्ने थलो बनाउनुपर्छः सांसद दाहाल | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

संसद कुरा गर्ने थलो होइन, काम गर्ने थलो बनाउनुपर्छः सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमहरुबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहाले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट देशको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताउनुभएको हो ।

उहाँले पुराना नीति, योजना, कार्यक्रम र बजेटबाट नयाँ आवश्यकता पूरा नसकिने भन्दै त्यसमा नयाँपन खोज्नुपर्ने बताउनु भयो । उहाँले संसद जनताको आवाज बोल्ने थलो मात्रै नभई जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो भएको पनि बताउनु भयो । सांसद दाहालले संसदलाई कुरा गर्ने थलोको रुपमा नभई काम गर्ने थलोको रुपमा रुपान्तरण गर्नुपर्ने बताउनु भयो ।

सांसद दाहालले सरकारको सय दिन प्रधानमन्त्रीले प्रतिवद्धता गरे अनुरुप नै चलेको बताउनु भयो । उहाँले जनताको दैनिकीसँग सम्बन्धित स–साना समस्या समाधान गर्न सरकार केन्द्रित रहेको उहाँको भनाई छ । त्यस्तै आर्थिक सूचकांकमा पनि सकारात्मक सुधार आएको उहाँले बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);