कर्णाली,गण्डकी र कोशीमा आज पानी पर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कर्णाली,गण्डकी र कोशीमा आज पानी पर्ने

काठमाडौं, २३ चैत्र । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बांकी पहाडी भू)भाग लगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);