सीफएल खरिद प्रकरणमा गरेको भ्रष्टाचारसम्बन्धी छानविन | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सीफएल खरिद प्रकरणमा गरेको भ्रष्टाचारसम्बन्धी छानविन

cfl

इटहरी,१९ पुष ।उपमहानगरपालिकाले सीफएल खरिद प्रकरणमा गरेको भ्रष्टाचारसम्बन्धी छानविन गर्न गठित समितिले सोमबार मेयरलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनले आर्थिक अनियमितता भएको देखाएको छ । गत २०७४ श्रावण १ देखि कात्तिक ७ गतेका वीचमा ९७ लाख रुपैयाँ मूल्यको सीफएल बल्ब तथा सेटहरुको खरिदमा ६० लाख बढी भ्रष्टाचार भएको तथ्य सञ्चारमाध्यमहरुमा आएपछिको दबावमा उपमहानगरले मंसिर ८ गते छानविन समिति बनाएको थियो ।

उपमहानगरले छानविन समिति बनाउनुभन्दा ४ दिनअगाडि इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले पनि सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अख्तियारले छानविनको अन्तिम निस्कर्ष दिन बाँकी नै रहेका बेला इटहरी उपमहानगरले बनाएको छानविन समितिले सोमबार मेयर द्वारिकलाल चौधरीलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);