रवि लामिछानेविरुद्ध ३ दाबी विरोध र एक उजुरी, आजै स्पष्टिकरण दिनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

रवि लामिछानेविरुद्ध ३ दाबी विरोध र एक उजुरी, आजै स्पष्टिकरण दिनुपर्ने

काठमाडौं, २२ चैत्र । चितवन–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेको दाबी विरोध र उजुरीबारे उनले आज स्पष्टिकरण दिने भएका छन् ।

लामिछाने आज दिउँसो १ बजे स्पष्टिकरण दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्ने बुझिएको छ । लामिछानेमाथि परेको उजुरीबारे आजै ५ बजेसम्म कार्यालयले निर्णय लिनेछ । उनीविरुद्ध सोमबार र मंगलबार तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ ।

लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन् ।

तर, रवि लामिछानेले माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनर्प्राप्ति गरेको र सो अघि उनले निस्सा बुझाएको नदेखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);