चैत्र २७ गते माओवादी धारले अन्तक्रिर्या गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

चैत्र २७ गते माओवादी धारले अन्तक्रिर्या गर्ने

काठमाडौं, २१ चैत्र । माओवादी धारका दलहरुले अन्तक्रिया गर्ने भएका छन् । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा दलहरुले आगामी चैत्र २७ गते अन्तक्र्रिया गर्न लागेका हुन् ।

अन्तक्र्रिया कार्यक्रम काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरीएको छ । नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी एक ठाउँमा उभिएका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको पार्टी र सन्तबहादुर नेपाली नेतृत्वको पार्टी माओवादी धारको बैठकमा उपस्थित भइरहेका छैनन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);