काठमाडौं, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि नागरिकता दुरुपयोगसम्बन्धि मुद्दा चलाउन माग गर्दै दायर रिटमा आज प्रारम्भिक सुनुवाई हुँदैछ । लामिछानेविरुद्ध दोहोरो राहदानी लिएको विषयमा मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध युवराज सफलले सर्वोच्च अदालतमा पुनः दर्ता गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको हो ।
आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ का उम्मेदवार लामिछानेविरुद्ध दोहोरो राहदानी लिएको विषयमा मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध पुनः रिट दर्ता भएको हो । उनीविरुद्ध आइतवार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।
यसअघि लामिछानेविरुद्ध सरकारकोतर्फबाट महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसविरुद्ध एकजना युवक युवराज सफलले मुद्दा दर्ता गरेका हुन् ।