नागरिकता विवाद न्यायिक प्रक्रियाबाट टुंगो लागिसक्यो : रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

नागरिकता विवाद न्यायिक प्रक्रियाबाट टुंगो लागिसक्यो : रवि लामिछाने

काठमाडौं, २० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता विवाद न्यायिक प्रक्रियाबाट टुंगो लागिसकेको बताएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरुहरुसँग बोल्दै लामिछानेले न्यायिक प्रक्रियाबाट सबै विवाद टुंगो लागिसकेको भन्दै समस्या नआउने दाबी गरे ।

प्रतिनिधि सभा सदस्यका लागि आगामी बैशाख १० गते हुने निर्वाचनका लागि चितवन–२ मा मनोनयन दर्ता गरेका छन् । लामिछानेले अमेरिकी नागरिकता २०१८ मा नै त्यागिसकेको र त्यसबारे सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा पनि उल्लेख गरेको बताए ।

आफ्नै पार्टीको विचार,नीति र सिद्धान्तको बलमा चुनाव लड्ने र कसैसँग गठबन्धन नगर्ने पनि उनले स्पष्ट पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);