भारतीय पूर्व क्रिकेटर सलिम दुरानीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

भारतीय पूर्व क्रिकेटर सलिम दुरानीको मृत्यु

काठमाडौं १९ चैत । भारतीय पूर्व क्रिकेटर सलिम दुरानीको मृत्यु भएको छ । अलराउन्डर क्रिकेटरको रुपमा पहिचान बनाएका दुरानीको ८८ वर्षको उमेरमा आज निधन भएको हो । ईएसपीएनको अनुसार आक्रामक बायाँ हाते बलर र ब्याटर दुरानीले २९ टेस्ट खेल्दा १ हजार २०२ रन बटुलेको र ७५ विकेट लिएका थिए ।

सन् १९७१ मा वेस्ट इन्डिजमा भारतलाई पहिलो टेस्ट क्रिकेट जिताउन सफल दुरानीको सबैभन्दा धेरै सम्झना गरिन्छ । पोर्ट अफ स्पेनमा भएको दोस्रो इनिङमा भारत ७ विकेटले विजयी भएको थियो । सो खेलमा दुरानीले १७ ओभरमा जम्मा २१ रन खर्चिएका थिए ।

गुजरातस्थित आफ्नो भाइको घरमा बस्दै आएका दुरानी गत जनवरीमा उनको तीघ्राको हड्डीको अपरेसन गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);