प्राज्ञिक विद्यार्थी परिषद्को नवौं अधिवेशनबाट अध्यक्षमा डा. कण्डेल निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

प्राज्ञिक विद्यार्थी परिषद्को नवौं अधिवेशनबाट अध्यक्षमा डा. कण्डेल निर्वाचित

काठमाडौं, १८ चैत्र । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौं राष्ट्रिय अधिवेशन धनगढीमा सुरु भएको छ । आज शनिवार महालेखा परीक्षक टंकमणि शर्माले अधिवेशन उद्घाटन गरेका हुन् ।

परिषद्को नवौं अधिवेशनले अध्यक्षमा डा. गोपीनाथ कण्डेललाई निर्वाचित गरेको छ । यसैगरी, राष्ट्रिय महासचिवमा विष्णुप्रसाद पंगेनी निर्वाचित भएको परिषद्ले जानकारी दिएको छ । अविधेशनमा भारतबाट अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष चौहान विशेष अतिथिका रुपमा सहभागी छन् ।

अधिवेशन उद्घाटनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल स्वागत समितिका महासचिवका रुपमा सहभागी भए ।

यसअघि शुक्रवार प्राज्ञिक विद्यार्थी परिषद्को केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो । बैठकमा विशेष अतिथिका रुपमा राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख सुनिल अम्बेकर सहभागी थिए । हिन्दू स्वयंसेवक संघका राष्ट्रिय संघचालक वेद प्रकाश, प्रचार विभाग प्रमुख डा. दीपककुमार अधिकारी पनि अतिथिका रुपमा सहभागी थिए ।

बैठकमा प्राज्ञिकका राष्ट्रिय संगठन सचिव नारायण ढकाल र निवर्तमान महासचिव छितराज न्यौपाने सहभागी थिए ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिन्दुत्वमा आस्था राख्ने विद्यार्थीहरुको सशक्त संगठन हो जसमा लाखौं छात्रछात्रा आवद्ध छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);