उतार उपलब्ध गराउने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

उतार उपलब्ध गराउने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन

nirbachan ayog new

काठमाडौं, १७ चैत्र । आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावलीको उतार उपलब्ध गराउने व्यवस्था मिलाउन निर्वाचन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले चितवन–२,तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहने वा उम्मेदवारको निर्वाचन प्रतिनिधि हुन चाहने व्यक्तिले मतदाता नामावलीको उतार लिन कुनै निर्वाचन कार्यालयमा पनि निवेदन दिनसक्ने जनाएको छ ।

आयोगले निवेदन प्राप्त भएमा सम्बन्धित निर्वाचन कार्यालयबाट तोकिएको प्रक्रिया पूरा गरी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–२ बमोजिमको ढाँचामा नामावलीको उतार उपलब्ध गराउने जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);