शेरबहादुर र आरजुमाथि गम्भिर आरोप लगाउदै स्वर्णिमले छाँडे काँग्रेस, रास्वपाबाट चुनाव लड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शेरबहादुर र आरजुमाथि गम्भिर आरोप लगाउदै स्वर्णिमले छाँडे काँग्रेस, रास्वपाबाट चुनाव लड्ने

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको छ ।

उहाँले संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गर्नुभएको हो । वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा हुनुहुन्छ । उहाँ तनहुँ नै पुगेर त्यहाँका मतदाताको मनस्थिति बुझिसकेपछि कांग्रेस छाड्ने निर्णयमा पुग्नुभएको हो ।

वाग्लेले शेखर कोइरालालाई लेखेको पत्रमा सभापति शेरबहादुर देउवा र आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले पार्टी परित्याग गर्ने अवस्था सिर्जना भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको पनि बताउनुभएको छ । वाग्लेले सन्देशमा इतर समूहका नेताहरु निर्णायक हैसियतमा आएको अवस्थामा कांग्रेससँग जोडिन सक्ने पनि प्रष्ट पार्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);