मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै डा. पौड्यालद्वारा असन्तुष्टि व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै डा. पौड्यालद्वारा असन्तुष्टि व्यक्त

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरुले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गर्नुभयो ।

उहाँले मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरु बोल्नुपर्ने बताउनु भयो । उहाँले दलहरुले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने बताउनु भयो । त्यसैगरी उहाँले मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

डा. पौड्यालले मिटरब्याज गैरकानूनी भएको भन्दै त्यसका विषयमा जनचेतना जघाउनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);