प्रधानमन्त्रीले समान्तवाद मिटरब्याजीहरुलाई राजनीतिक संरक्षण दिएको सुमना श्रेष्ठको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

प्रधानमन्त्रीले समान्तवाद मिटरब्याजीहरुलाई राजनीतिक संरक्षण दिएको सुमना श्रेष्ठको आरोप

काठमाडौं,१३ फागुन । सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारले हरेक जिल्लामा मिटरब्याजी पीडितलाई न्याय दिलाउन पूर्वन्यायाधीश सम्मिलित मिटरब्याज इजलास नभएर छानविनको लागि आवश्यक स्रोत दिन माग गरेकी छिन् ।

आइतबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले अहिलको लामो प्रक्रियाले मिटरब्याजी पीडितले न्यायाले पाउन नसक्ने बताइन् ।

गरिबी र विपन्न भएर चर्को मिटर ब्याजमा ऋण चलाउने अवस्थाको अध्ययन गरी विपन्न कार्ड तत्काल दिनुपर्ने उनको भनाइ थियो । श्रेष्ठले सरकारी सुविधामा विपन्न वर्गको सहज पहुँच बनाउनुु पर्नेमा जोड दिदैं भनिन्,‘राष्ट्र बैंकको निगरानीमा विपन्न वर्गलाई सहुलियतमा ऋण दिने कोष बनाउन सरकारसँग माग गर्दछु ।’ उनले सामान्तवाद विरुद्ध युद्ध गरेका प्रधानमन्त्री स्वयंले अहिले समान्तवाद मिटरब्याजीहरुलाई राजनीतिक संरक्षण दिएको आरोप लगाउनु भयो ।

Leave a Reply