काठमाडौँ, १६ चैत्र । नेपाल सरकारले आज मिटर ब्याज पीडितहरुसँग वार्ता गर्दैछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज छलफल हुने भएको हो ।
गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितहरुबीच आज बिहान १० बजे छलफल हुनेछ । गृह मन्त्रालयमा हुने छलफलमा वार्ता समितिबाट ५ जना र पीडित पक्षको तर्फबाट ५ जना नै गरी १० जनाको उपस्थिति रहने जनाइएको छ ।
वार्ता समितिमा सरकारको तर्फबाट समितिमा सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।