काठमाडौं, १५ चैत्र । काठमाडौंका तीन ठुला क्याम्पसमा स्ववियु चुनाव गराउन अदालतले अन्तरिम आदेश दिएको छ । उपत्यकाका रत्नराज्य लक्ष्मी, नेपाल कमर्स र पाटन संयुक्त क्याम्पसमा स्ववियु चुनाव गराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो ।
विद्यार्थीहरुले निर्वाचनको माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले स्ववियु चुनाव गराउन मंगलबार अन्तरिम आदेश दिएको हो ।
त्रिविले विश्वविद्यालय ५ चैत्र स्ववियु निर्वाचनको मिति तोकेपनि विद्यार्थीहरुबीच विवादका कारण यी क्याम्पसहरुमा निर्वाचन रोकिएको थियो ।