बिन्दु अधिकारी \ माउन्टेन टेलिभिजन एचडी । रगत विनाको जिवन कल्पना पनि गर्न सकिदैन । स्वईच्छाले रगत दान गर्नुलाई रक्तदान भनिन्छ । रगतको प्रमुख काम प्राणवायु तथा पोषक तत्व कोषिकाहरुमा पु¥याउनु हो । रगतमा विभिन्न प्रकारका तत्व हुन्छन्, जसले ज्युँदो राख्न र रोगहरु निको पार्न मद्दत गर्छन् । रक्त अभावकै कारण कतिपय मानीसले जिवन गुमाउनु पर्ने दयनिय अवस्था आजपनि हामीमाझ छ । नेपालमा जम्मा २ प्रतिशतले नियमित रक्तदान गर्ने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकोे तथ्याङक छ। जवकी एक पोका रगतले ३ जनाको जीवन बचाउन सकिन्छ । एक स्वस्थ्य मानिसले नियमित रगतदान गरेमा १२ जना सम्मको जीवन बचाउन सकिने चिकित्सक बताउछन् । रक्तदान गर्दा विरामीलाई मात्र नभई स्वयं दाता समेतलाई फाइदा पुग्ने चिकित्सक बताउछन् । ७० केजी तौल भएका व्यक्तिले पाँच सय मिलिलिटर रक्तदान गर्न मिल्ने विश्वभरको अभ्यास भएपनि तुलनात्मक रुपमा नेपालीमा तौल नै कम हुने हुदा यहा तीन सय ५० मिलिलिटर मात्रै रगत निकाल्ने गरिन्छ । एउटा स्वस्थ व्यक्तिले प्रत्येक ५६ दिनमा रक्तदान गर्न मिल्ने चिकित्सक बताउछन् ।
चिनी रोग, छाती दुख्ने, मुटुरोग सम्बन्धी समस्या भएकाहरुले रक्तदान गर्न मिल्दैन । त्यस्तै दिर्घ समस्या नभएको अवस्थामा पनि ज्वरो आएको तथा एन्टिबायोटिक लिइरहेका, ग्रोथ हर्मोनको औषधी सेवन गरिरहेको र दादुरा, हाडे, ठेउला तथा जनै खटिरा विरुद्ध खोप लगाएको चार हप्तासम्म रक्तदान गर्नु हुँदैन । रक्तदान गर्ने व्यक्ति स्वस्थ हुनु जरुरी छ । ताकि रगत लिनेलाई कुनै प्रकारको रोग नलागोस् । दान गरिने रगतमा जीवाणु, परजीवी, औषधि तथा कुनै पनि प्रकारका हानिकारक पदार्थ हुनु हुँदैन । रक्तदान गर्नुअगाडि दाताको स्वास्थ्य परीक्षण अनिवार्य हो तर नेपालमा भने प्रायः त्यसो गरेको पाईदैन ।
केन्द्रीय रक्तसञ्चार केन्द्र सेवाको तथ्याँक अनुसार नेपालमा दैनिक २५० युनिट रगतको आवश्यकता पर्दछ। तर केन्द्रमा २ सय युनिट मात्रै रगत संकलन भईरहेको छ । १८ वर्ष देखी ६५ वर्ष उमेर समूहका सबै स्वस्थ व्यक्तिले तीन–तीन महिनामा स्वास्थ्य परिक्षण गराई रक्तदान गर्न सकिन्छ ।