काठमाडौं, १४ चैत्र । बर्दिबासबाट ११ दिन पैदल हिडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु बालुवाटारबाट भद्रकालीतर्फ लागेका छन् ।
सोमबार साझ खुलामञ्चमा बस्न खोजेपनि महानगर र प्रहरीले भित्र पस्न नदिएपछि सडकमै रात बिताएका थिए । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार बाहिर पुुगेका पीडितहरु टंगालबाट भद्रकालीतर्फ फर्काइएका हुन् । अब उनीहरुले भद्रकालीबाट धर्ना दिने भएका छन् ।
टंगालमा पुगेर गृहमन्त्रालयका सहसचिव केदार शर्माले माग सम्बोधन गर्ने आश्वासन दिँदै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए । उनीहरुले प्रधानमन्त्रीलाई आफैले भेटेर समस्या सुनाउन चाहेको बताएका थिए । उनीहरुले माग पुरा नभएसम्म आन्दोलन नरोकिने अडान लिएका छन् ।