प्रधानमन्त्रीलाई भेट्न समय मिलाउने गृह सहसचिवको पीडितलाई आश्वासन | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

प्रधानमन्त्रीलाई भेट्न समय मिलाउने गृह सहसचिवको पीडितलाई आश्वासन

काठमाडौं, १४ चैत्र । गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्मा मिटरब्याज पीडितहरुलाई भेट्न बालुवाटार पुगेका छन् । पीडितहरुको माग पुरा गर्न शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कुरा राख्ने आश्वासन दिँदै आन्दोलन फिर्ता लिन आग्रह गरे । तर उनको आग्रह नमानेर पीडितहरुले प्रधानमन्त्री प्रचण्डसँगै भेटेर आफ्ना समस्या राख्ने अडान राखे ।

पीडितहरुको मागपछि शर्माले प्रधानमन्त्रीसँग भेट्न समय मिलाउने र माग सम्बोधन गर्ने समेत प्रतिवद्धता जाहेर गरेका छन् । शर्मासँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय पनि पुगेका थिए । पीडितहरुले काठमाडौं महानगरले खुलामञ्चमा बस्न नदिएकोबारे गुनासो पोखेका थिए । बालेन साहले भने पीडितहरुलाई शिविर नभइ न्याय दिएर तुरुन्तै घर फर्काउनु पर्नेमा जोड दिएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);