भोजपुरी अभिनेत्री आकांक्षाद्धारा आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

भोजपुरी अभिनेत्री आकांक्षाद्धारा आत्महत्या

एजेन्सी, १२ चैत्र । भोजपुरी चलचित्र अभिनेत्री आकांक्षा दुबे आइतबार मृत फेला परेकी छन् । अभिनेत्रीले वाराणसीको सारनाथमा रहेको एक होटलमा आत्महत्या गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार अभिनेत्रीले होटलमा झुण्डिएर आत्महत्या गरेकी हुन् । भोजपुरी नायिका भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी हुन् ।

भोजपुरी अभिनेत्री आकांक्षा दुबेले आइतबार सारनाथको एक होटलमा आत्महत्या गरेकी छन् । स्रोतका अनुसार अभिनेत्री फिल्मको सुटिङका लागि वाराणसी गएकी थिइन् । तर आइतबार उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । यसअघि शनिबार राति अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेकी थिइन् । यसअघि अभिनेत्रीले धेरै ठूला भोजपुरी फिल्ममा काम गरिसकेकी छिन् ।
आकांक्षा दुबेले ‘वीरों के वीर’ र ‘कसम बदना वाले की २’ जस्ता हिट फिल्ममा काम गरिसकेकी छिन् । यद्यपी नायिकाले के कारणले आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । यस सम्बन्धमा युपीको वाराणसी प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले बिहान उनको मृत्यु भएको जानकारी पाएपछि अनुसन्धान भइरहेको छ । भोजपुरी अभिनेत्रीको उमेर २५ वर्षको हाराहारीमा रहेको बताइएको छ ।

उनी बिहार र यूपीका प्रसिद्ध भोजपुरी अनुहारहरूमा गनिन्छन्। आकांक्षा दुबे सामाजिक सञ्जालमा पनि निकै चर्चामा थिइन् । उनको टिक–टक भिडियो र अभिनयले निकै चर्चा पाएको छ । आकांक्षा दुबेले आफ्नो फिल्मी करियर मुम्बईबाट सुरु गरेको बताइएको छ । यद्यपि उनका आमाबाबुले उनलाई आईएएस बनाउन चाहन्थे। तर बाल्यकालदेखि नै नृत्य र अभिनयमा उनको रुचि थियो। नायिकाले पनि मुम्बईबाट मात्रै पढेकी थिइन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);