तनहुँ–१ मा गोबिन्द भट्टराई एकमात्र निर्विकल्प उम्मेदवार हुन त ? | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

तनहुँ–१ मा गोबिन्द भट्टराई एकमात्र निर्विकल्प उम्मेदवार हुन त ?

काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त भएको तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । चुनावको मिति घोषणा भएसँगै प्रतिनिधि सभा सदस्यको लागि हुन लागेको उपनिर्वाचनमा काँग्रेस र अन्य दलले उम्मेदवार चयनको तयारी थालेपनि उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् ।

कांग्रेस भित्रैपनि केन्द्रले टिकट कसलाई दिने भन्ने बारे निश्चित नभइसकेको अवस्थामा केन्द्रीय सदस्य गोबिन्द भट्टराई एकमात्र निर्विकल्प उम्मेदवार भएको अधिकांश कार्यकर्ता बताउँछन् । उम्मेदवारी घोषणा गरेका धेरै नेताहरुको चर्चा भएपनि भट्टराईले नै टिकट पाउने उनीहरुको दाबी छ । यद्यपि अन्य काङ्ग्रेसका पुराना नेता रामचन्द्र पोख्रेल, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, नेता लक्ष्मी आचार्य, नेविसंघका पूर्व महामन्त्री दिपक भट्टराई लगायत यतिबेला टिकट माग्न पार्टी सभापति शेरबहादुर देउवानिवास धाइरहेका छन् ।

धेरै नेताहरूले उम्मेदवारी घोषणा गरेपनि पार्टीले आफूलाई टिकट दिनेमा भट्टराई ढुक्क देखिन्छन् । टिकटको बिषयमा धेरै जनाको प्रचार भएको र ती सबै केही समयको प्रचारकै लागि मात्रै भएको नेविसंघ नेता बिवेक भट्टराई दाबी गर्छन् ।

तनहुँ काग्रेसका नेता उत्पादन गर्ने थलोको रुपमा चिनिन्छ । शक्तिशाली नेताहरुको जिल्ला भएको कारण चुनाव लड्न इच्छा नभएका नेतालाई समेत आफ्नो स्वार्थ पूरा गर्न केही नेताले लविङको लागि काठमाडौं ल्याइरहेको कार्यकर्ताहरु बताउँछन् ।

अहिले जिल्लाको सबै सिनियर नेताहरू विभिन्न सुविधाका पदमा पुगिसकेको भन्दै अबको पालो गोबिन्द भट्टराई नै भएको युवा नेता रोजन बानियाँ बताउँछन् । लामो समयदेखि कांग्रेसको राजनीतिमा लागेर कुनै पद नपाएका गोबिन्द भट्टराईको बिकल्प नभएको उनले बताए । कांग्रेसका केही नेताहरुले भट्टराई विरुद्ध नकरात्मक लविङ गरिरहेको भन्दै बानियाँले कसैले त्यस्तो गर्न खोज्छ भने सच्चा र इमानन्दार कार्यकर्ता चुप लागेर नबस्ने पनि चेतावनी दिए ।

नेता भट्टराईले पनि आफूलाई सो क्षेत्रबाट साथीभाई, मतदाता, सबैले भेट हुँदा उम्मेदवार बन्न आग्रह गरेको सुनाए । टिकक पाए आफूले चुनाव जित्नेमा उनी ढुक्क छन् । तनहुँमा आयोजना गरिएको एक कार्यक्रममा भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले समेत आफ्नो उत्तराधिकारी तपाईं नैं हो भनेको हुनाले पनि उम्मेदवार बन्ने पालो आएको बताएका थिए । भट्टराई कांग्रेसको तीन कार्यकाल केन्द्रीय सदस्य, २०५३ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष, त्यसपछि तरुणदलको महासचिव भई जनताको सुख दुखमा साथ दिंदै आएका छन् । तनहुँ–१ मात्रै नभइ देशकै राजनीतिमा पहुँच स्थापित गर्नको लागि आफू उम्मेदवार बन्न चाहेको उनी बताउँछन् ।

कुनै पदको रुपमा नरहेपनि नेता भट्टराईले खानेपानी, विद्यालय भवन, मोटरबाटो विद्युतिकरण, पुल, टेलिफोन क्षेत्रमा ठुलो योगदान दिंदै आएका छन् । तनहुँको विकासमा पहल गरेकोले आममतदाताले आफूलाई चाहेको भट्टराईको भनाइ छ ।

पछिल्लो समय उम्मेदवारी घोषणा गर्नेहरु राजनीतिक हिसाबले आफू भन्दा जुनियर रहेकोले आफ्नो उम्मेदवार लगभग निश्चित भएको उनको दाबी छ । सो क्षेत्र गत निर्वाचनका संसदमा प्रत्यक्ष तर्फका उम्मेदवारका आकांक्षी गोविन्द भट्टराईको नाम पौडेल चुनावमा उठ्ने भएपछि समानुपातिकका राखिएको थियो । तर उनले समानुपातिकमा नबस्ने भन्दै निर्वाचन आयोगमा निवेदन नै दिएर फिर्ता लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);