काठमाडौं, १० चैत्र । प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेपालको जनसंख्या सार्वजनिक गरेका छन् । आज सार्वजनिक भएको तथ्यांकमा १४ महिना अघि तथ्यांक विभागले सार्वजनिक गरेको विवरण भन्दा २८ हजार जनसंख्या घटेको देखिन्छ ।
१४ महिना अघि २ करोड ९१ लाख ४८० जनसंख्याको तथ्यांक सार्वजनिक भएको थियो । आज सार्वजनिक भएको जनसंख्या अनुसार २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ कायम भएको छ । जुन प्रारम्भिक तथ्यांक अनुसार २७ हजार ९०२ ले कम हो ।